विदेशबाट फर्किएकाले अनिवार्य २ हप्ता होम क्वारेन्टाइन बस्नुपर्ने
विदेशबाट फर्कने नागरिकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै २ साता होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम क्वारेन्टाइनसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट घर फर्किएकाहरू होम क्वारेन्टाइनमा पनि बस्नुपर्ने भएको हाे ।
लकडाउनको अत्त्य गरेसँगै होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना प्रभावित देशहरुबाट स्वदेश फर्कनेहरुले तोकिएको मापदण्ड पूरा गरी घरमै क्वारेन्टाइनमा बस्न नागरिकलाई स्थानिय तहको सहमति र प्रत्यक्ष निगरानी रहने गरी २ साता क्वारेन्टाइन बस्ने गरी पठाउन सकिने मापदण्डमा व्यवस्था गरिएको मन्त्रालयका स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
होम क्वारेन्टाइनमा बस्नेका लागि सरकारले निश्चित मापदण्ड तोकेर स्थानीय तहमा पत्राचार गरेको उनको भनाइ छ ।
सरकारले बनाएको नयाँ मापदण्डमा नेपाल फर्केको व्यक्तिले होम क्वारेन्टाइनमा बस्ने इच्छा गरेमा स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने उल्लेख छ ।
यसरी घरमा बस्दा छुट्टै कोठा हुनुपर्ने, शौचालय छुट्टै हुनुपर्ने, अन्य व्यक्तिसँग भेटघाट गर्न नपाइने जनाइएको छ ।
त्यस्तै, घरपरिवार वा आफन्तसँग २ मिटर दूरी अनिवार्य कायम गर्नुपर्ने, मेडिकल मास्क वा ३ तहको कपडाको मास्क अनिवार्य प्रयोग गरी सामाजिक दूरी कायम गरेर मात्र परिवारका सदस्यहरुसँग भेटघाट गर्ने, क्वारेन्टाइन अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनेजस्ता नियम स्वास्थ्य मन्त्रालयले राखेको छ ।











