भारतको महाराष्ट्रमा मोहन्याल गतिशील युवा समाजको संगठन विस्तार

भारत,— कैलालीको मोहन्याल गाउँपालिकामा रहेको मोहन्याल गतिशील युवा समाजले भारतको महाराष्ट्रमा आफ्नो संगठन विस्तार गरेकाे छ ।

नेपालमा केन्द्रीय कार्यालय रहेकोे उक्त युवा समाजका केन्द्रीय समिति अध्यक्ष जनक शाही, कोषाअध्यक्ष गोपिराम जैसी, सचिव करण बीसीको उपस्थितिमा मंगलबार बसेकाे बैठकले भारतको महाराष्ट्र राज्य समिति बिस्तार गरेको हो ।

महाराष्ट्रमा निरज बटालाको अध्यक्षतामा ११ सदस्यीय महाराष्ट्र राज्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा जनक बिक, कोषाध्यक्ष शंकर बिष्ट, सचिव दिपक रावल, सव-सचिव प्रविण रावल, बरिष्ठ सदस्य जनक धामी रहेका छन् । त्यस्तै, सदस्यहरुमा गोपी शाही, मनिष बुढा, दिनेश रावल, रमेश बिक, रामु थापा रहेका छन् ।

साथै, बैठकले ५ सदस्यीय महाराष्ट्र सल्लाकार समिति समेत गठन गरेको छ । जसको बरिष्ठ सल्लाकारमा कमल शाही, सल्लाहकारमा हेमन्त भन्डारी, राजेन्द्र सोनी, दिपक गौतम, दिपक नेपाली रहेका छन् ।

संगठन बिस्तार गर्दै बैठकमा केन्द्रीय अध्यक्ष जनक शाहीले प्रवासी युवा जनशक्तिद्वारा आफ्नो गाउँठाँउ मोहन्याललाई केन्द्रित गर्दै वैदेशिक रोजगारको क्रममा प्रवासमा रहेर पनि विकासलाई पहल गर्न सकिने बताए । उनले आफ्नो पहल, सहयोगबाट मोहन्यालबासीका लागि गर्न सकिने सामाजिक-आर्थिक, भौतिक सहयोग गर्ने उद्देश्यले नै भारतको महाराष्ट्रमा बिस्तार गरिएको बताए ।

सो अवसरमा शाहीले महाराष्ट्र राज्य समितिमा नवगठित पदाधिकारीलाई बधाई तथा धन्यवाद दिदै आफ्नो कामप्रति बफादार भइ निस्वार्थ, कर्मठ र सहयोगी रुपी भावनाका साथ लाग्न सम्पूर्ण कार्य समितिलाई आग्रह गरेका छन् ।