मोहन्याल गतिशील युवा समाजद्वारा भारतको राजस्थानमा संगठन विस्तार
राजस्थान,— कैलालीको मोहन्याल गाउँपालिकामा रहेको मोहन्याल गतिशील युवा समाजले भारतको राजस्थानमा आफ्नो संगठन विस्तार गरेकाे छ ।
नेपालमा केन्द्रीय कार्यालय रहेकोे उक्त युवा समाजका केन्द्रीय समिति अध्यक्ष जनक शाही, कोषाअध्यक्ष गोपिराम जैसी, सचिव करण बीसीको उपस्थितिमा मंगलबार बसेकाे बैठकले भारतको राजस्थान राज्य समिति बिस्तार गरेको हो ।
राजस्थानमा हेमन्त जैशीको अध्यक्षतामा ११ सदस्यीय राजस्थान राज्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा बालाराम जैशी, कोषाध्यक्ष गोपाल रिमाल, सचिव भिम नेपाली, सह-सचिव गोकर्ण भण्डारी, बरिष्ठ सदस्य नवलसिंह सलामी, सदस्यहरु सुरेश न्यौपाने, तारा भण्डारी, हरी विक, फक्किर विक र नरेश विक रहेका छन् । साथै, बैठकले ५ सदस्यीय राजस्थान सल्लाकार समिति समेत गठन गरेको छ ।
जसको बरिष्ठ सल्लाकारमा दिर्घराज रिमाल, सल्लाकार खड्क देवकोटा, खडक थापा, कृष्ण रिमाल र कृष्ण ओझा रहेका छन् । युवा समाजले मोहन्याललाई केन्द्रमा राखेर स्थानीय बासीहरुलाई आइपर्ने हरेक सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
नवनिर्वाचित अध्यक्ष जैशीले आफ्नो कामप्रति बफादार भइ निस्वार्थ, कर्मठ र सहयोगी रुपी भावनाका साथ लाग्न सम्पूर्ण कार्य समितिलाई आग्रह गरेका छन् ।











