भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
विप्लव नेतृत्वको नेकपा(माओवादी) ले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी- सैन्य हस्तक्षेप भएको बताएको छ । माओवादीका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन।
अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ। यसले विश्वलाई स्तब्ध बनाएको छ। हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं। माओवादीद्वारा जारि विज्ञप्ति भनिएको छ, अमेरिकाले जे सुकै बहाना बनाए पनि समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन हो ।
माओवादीले अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।











