विप्लवको उत्पादनकेन्द्रमा प्रहरीको छापा
काठमाडौं । अर्घाखाँचीमा रहेको नेपाल कम्युनिस्ट पार्टी(माओवादी) को उत्पादन केन्द्रमा प्रहरीले गस्ती गर्दै छापा मारेको छ।
शीतगंगा नगरपालिका ११ अर्घाखाँची रहेको उत्पादन केन्द्रमा प्रहरीले छापा मारेको नेकपा(माओवादी) का केन्द्रिय सदस्य सिंगम सीले बताए।
विप्लव नेतृत्वको माओवादी ले देशैभर उत्पादन केन्द्रहरू निर्माण गर्दै विभिन्न खाद्यान्न उत्पादन गरिरहेको छ। आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ताको अवधारणा बिकास गर्दै माओवादीले उत्पादन कार्यलाई तिब्रतामा अगाडी बढाईरहेको अवस्थामा अनावश्यक प्रहरीले अवरोध गर्ने मनसायले छापा मारेको माओवादीले बताएको छ।
नेकपा(माओवादी) ले निर्वाचनमा जाने निर्णय गर्दै पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेको छ। तर प्रहरीले माथीको आदेशमा विप्लवको उत्पादन केन्द्रमा गस्ती गर्दै छापा मारेको बताएको छ।
प्रहरीले राज्य प्रशासनको आडमा विप्लवको केन्द्र र गाउँका बस्तीमा पनि अनावश्यक खानतलासी गरेको स्थानीयले जानकारी दिए ।











