विप्लव नेतृत्वको नेकपा(माओवादी)ले राष्ट्रपति समक्ष बुझायो १३ बुदे ज्ञापन पत्र

 

काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा (माओवादी)ले राष्ट्रपति रामचन्द्र पौडेल लाई १३ बुदे ज्ञापनपत्र बुझाएको छ।उक्त ज्ञापनपत्र बुझाउन महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रवक्ता प्रकाड,स्थायी समिति सदस्य सन्तोष बुढामगर, उमा भुजेल लगायतका नेताहरूको उपस्थित रहेको थियो ।

 ज्ञापन पत्रमा  १३ मागहरू यसरी राखिएको छ ।

१. वर्तमान अन्तरिम सरकारलाई भंगगरी सबै पक्ष मिलेर नयाँ अन्तरिम सरकार गठन गर्नु पर्छ।

२. जेनजी विद्रोहको भावना अनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई संविधान संशोधन गर्नु पर्छ ।

३. २३ र २४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्नु पर्छ ।

४. संविधा निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिंग, क्षेत्र, समुदाय र युवा लगायतका मागलाई समेटेर संविधानको पुनर्लेखन गर्नु पर्छ ।

५. नयाँ संविधान अनुसार राज्यको पुनरसंरचना गर्नु पर्छ । राज्यको पुनरसंरचना गर्दा अग्राअधिकार सहितको समाजवादी संघीय ढाँचामा गरिनु पर्छ ।

६. राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचनद्वारा गर्नु पर्छ।

७. राज्यले उच्चस्तरीय भूमिका आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नु पर्छ र वास्तविक सुकुम्वासीलाई बास सुनिश्चितता गर्दै जमिन उपलब्ध गराउनु पर्छ ।

८.भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्चस्तरीय नागरिक आयोग गठन गर्नु पर्छ।

९.भ्रष्टाचारीमाथीको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गर्नु पर्छ। उक्त न्यायलयको फैसला नै अन्तिम फैसला हुनुपर्छ ।

१०. राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नु पर्छ ।

११. गैरकानुनी रूपमा आर्जन गरिएको कालोधनलाई राज्यको मातहत ल्याउन लिएर, ५ सय र १हजारको नोटलाई खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउनु पर्छ ।

१२. अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भइ रहेको साम्राज्यवाद हस्तक्षेप रोकि घुसपैठियाहरुलाइ कडा कार्वाही गर्नु पर्छ।

१३. नेपाली मौलिक जनसंस्कृति माथि भइरहेको साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्द्छ ।

हाम्रा यी मागहरूलाई १० दिनभित्र सम्बोधन नगरिए, सडक संघर्षमा अगाडि बढ्ने जानकारी पनि आफ्नै माग पत्र मार्फत अवगत गराउन चाहन्छौं भनेर नेकपा (माओवादी) ले ज्ञापन पत्र बुझाएको छ ।