अर्काकी श्रीमती लिएर एक जना फरार, जानकारीका लागि सबैले शेयर गरौ

भारतको बैंलोरबाट एक महिला र पुरुष ४ दिन देखि हराईरहेका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ अजिङगरे घर भएका माने भनिने मान बहादुर विक र मसुरियाकी शान्ता विक तिरुवा गत सोमवारबाट फरार भएका हुन् । उनीहरु बैंलोरको हेग्दे नगरबाट सोमवार विहान साढे नौ बजेतिर भागेको गगन विकले जानकारी दिएका छन् । दुबैले भागेर विवाह गरेको आशंका गरिएको छ । शान्तिको सात महिना अघि विवाह भएको थियो भने उनको पेटमा ४ महिनाको गर्भ छ । त्यस्तै मान बहादुर पनि विवाहित हुन् । उनीहरुको खाजी कार्य भईरहेको छ । उनीहरुलाई कसैले देखेमा जानकारी गराई दिन आफन्तले आग्रह गरेका छन् ।