शिक्षण पेसासँगै गाउँमै व्यावसायिक कुरिलो खेती
कैलालीको मोहन्याल गाउँपालिका—३ सल्लेरी गाउँमा रहेको राष्ट्रिय आधारभूत बिधालयका शिक्षक भक्तबहादुर थापा व्यावसायिक कुरिलो खेतीमा लागेका छन्
शिक्षण पेसासँगै गाउँमै व्यावसाहिक कुरिलो खेती थालेका हुन् । गाउँ नजिकको विद्यालयमा शिक्षण पेसामा रहेका शिक्षक थापाले मोहन्याल ३ कै भत्कुरीमा रहेको आफ्नो एक बिगाहा जग्गामा व्यावसायिक कुरिलो खेती गरेका हुन् । निकट भविष्यमा अनार,सुन्तला,अमिलो,नास्पती,आँप ,लिचि कागतीलगायत अन्य फलफूलसहित तरकारी खेती तथा बाख्रापालनको योजना रहेको बताए।
दिनभर विद्यालयमा व्यस्त थापा फुर्सदको समयमा शनिबार र विद्यालय पछिको फुर्सदको समय व्यवसायीक कुरिलो खेतिको गोडमेल र मलजलमा समय दिने गरेको बताए ।विद्यालयको फुर्सदको समयमा मात्र यो व्यवसायमा संलग्न भएको र अन्य समयमा गोडमेलका काम परिवारले गर्ने गरेको उनले बताए। गाउँपालिकालगायत अन्य सरोकारवाल निकायले सहयोग गरे आफूजस्तै गाउँका अन्य कृषकहरूलाई पनि यो व्यवसायमा संलग्न गराउने सोच बनाएको उनले बताए ।











