अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेच ,जवाभावी लेख्ने प्रहरी हिरासतमा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेज सहनुपरेको छ । यसैक्रममा आफूलाई सामाजिक सञ्जालमा जवाभावी लेख्नेलाई उनले प्रहरी हिरासतमा पुयाएकी छन् ।

सामाजिक सञ्जालबाट महिलामाथि हुने हिंसाविरुद्ध उनले एउटा भिडियो बनाएर सार्वजनिक गरेकी थिइन् । उनको त्यो साइबर पुलिङसम्बन्धी भिडियोलाई धेरैले रुचाए पनि केहीले टिप्पणी गरेका थिए । महाराष्ट्रका शशिकान्त गुलाब जाधवले अभिनेत्री सोनाक्षीको भिडियोलाई गलत तरिकाले प्रचार गरी उनीमाथि सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक शब्दहरू प्रयोग गरे । शशिकान्तको सो कार्य नरोकिएपछि अभिनेत्री सोनाक्षीले गत ७ अगस्टमा मुम्बईको क्राइम ब्रान्चमा ती व्यक्तिविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले ती व्यक्तलाई यतिबेला पक्राउ गरेर हिरासतमा राखेको छ । महाराष्ट्रको औरंगावादबाट पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउने बताएको छ ।

ती व्यक्ति पक्राउ परेपछि अभिनेत्री सोनाक्षीले जाधवजस्ता समाजमा अझै धेरै रहेकाले उनीहरूलाई यो अपराधबारे बोध गराउन आफूलाई साइबर पुलिङ र साइबर क्राइमविरुद्ध उजुरी हाल्नुपरेको बताएकी छन् ।

भारतमा करोडौं महिला साइबर पुलिङको सिकार भएका कारण आफू साइबर पुलिङविरुद्ध उत्रिएको उनले बताउँदै आएकी छन् । तथापि, समाजका केही व्यक्तिलाई आफूलाई समेत हतोत्साहित गर्दै साइबर पुलिङ गर्न एकथरीका मान्छेलाई हौसला बढाइरहेको अभिनेत्री सोनाक्षीको टिप्पणी छ ।

खुलेआम साइबर क्राइम गर्ने र कसैले केही गर्न सक्दैन भन्ने मानसिकता बोकेकाहरू समाजमा धेरै भएकाले उनीहरूलाई यस्तो अपराधमा लाग्नबाट रोक्न पनि आफूले साइबर क्राइममा उजुरी दिनुपरेको अभिनेत्री सोनाक्षी सिन्हाले बताएकी छन् । पक्राउ परेको व्यक्तिलाई कस्तो कारबाही हुनुपर्छ भन्ने विषयमा त्यो आफूले भन्दा पनि प्रहरी प्रशासनले कानुनले निर्धारण गर्ने भनाइ यी अभिनेत्रीको छ ।