चारजना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित सयभन्दा कम

नेपालमा पछिल्लो २४ घण्टामा चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पिसिआर र एन्टिजेन गरी ११ सय ८९ जनाको नमुना परीक्षण गर्दा चारजनामा कोरोना पुष्टि भएको हो ।

 कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक सय जनाभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।