श्रावणमा शताव्दीकै लामो चन्द्रग्रहण, कुन राशिलाई फाइदा, कसलाई हुन्छ हानी ?
२१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साउन महिनामा लाग्ने चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना हो । साउन ११ गते लाग्ने चन्द्रग्रहण ६ घन्टा १५ मिनेट सम्म रहेने छ । जसमा पूर्ण चन्द्रग्रहणको स्थिति १०३ मिनेट रहने खगोलशास्त्रीहरुले जनाएका छन् । नेपालमा चन्द्रग्रहण मध्यरातको करिब १२ बजेबाट लाग्नेछ ।
ग्रहणको प्रभाव व्यक्तिमा पर्ने छ । राशी अनुसार चन्द्रग्रहणको प्रभाव पर्नेछ । मेष राशि भएकालाई चन्द्रग्रहणले सकारातमक प्रभाव ल्याउने छैन । परिवार र प्रेम सम्बन्धमा समस्याको सामना गर्नपर्नसक्छ । वृष राशिलाई चन्द्रग्रहणले समस्या बढाउने छ । सन्ता पक्षलाई पष्ठ उठाउनुपर्ने हुनुक्छ । विवादमा फस्ने सम्भावना पनि छ ।
मिथुन राशिभएकाहरुको आर्थिक स्थिति सामान्य हुनेछ । धनलाभको योग छ भने व्ययमा पनि वृद्धि हुने योग छ । कसैमाथि पनि धेरै विश्वास नगर्दा फाइदा पुग्छ । कर्कट राशि भएकाहरुलाई चन्द्रग्रहणको कारण वैवाहिक जीवनमा समस्या आउन सक्छ । जीवनसाथिका साथ कुनै पनि विषयलाई लिएर विवाद हुनसक्ने योग छ ।
सिंह राशि भएकाहरुको धन हानी हुने सम्भावना छ । यस समय तपाई स्वास्थमा पनि समस्या आउँन सक्छ । कन्या राशि भएकाहरुको आयको तुलनामा व्यय वढ्ने सम्भावना छ । कुनै पनि काममा सफता पाउन निकै संघर्ष गर्नुपर्ने अवस्था छ ।
तुला राशिलाई भने चन्द्रग्रहणले शुभ फल दिने छ । तुला राशिभएकाहरुले कार्यस्थलमा मान प्रतिष्ठा पाउने छन् भने नोकरी र व्यवसायमा सफताको योग छ । वृश्चिक राशि भएकाहरुलाई पनि चन्द्रग्रहणले सकारात्मक असर प्रदान गर्ने छ । नोकरी र व्यवसायमा प्रगतिको योग छ ।
धनु राशिका मानिसहरुमा चन्द्रग्रहणको नकारातमक प्रभाव पर्ने योगछ । तपाईलाई मानसिक तनाव बढ्ने र स्वास्थ्य प्रतिकुल हुने योगछ । मकर राशि भएकाहरुले निकै ख्याल विचार गरेर हिड्नुपर्ने छ । किनकी चोटको सम्भावना छ ।
कुम्भ राशिभएकाहरुको धनको हानीको योग छ भने व्यर्थको चिन्ताले मानसिक तनाव र पारिवारिक कलह बढ्ने योग छ । मीन राशिभएकाहरुको लागि भने चन्द्रग्रहणले फाइदा पुग्ने छ । किनकी सुख सुविधामा वृद्धि र आत्मवल मजबूद हुने योग छ ।











