विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ सार्वजनिक
विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ एक भब्य समारोहकाबिच विमोचन भएको छ।शनिवार त्रिभुवन विश्वविद्यालयको सिनास हलमा पुस्तकको विमोचन भएको हो ।
पुस्तकको वरिष्ठ साहित्यकारद्वय तथा पूर्व प्रा.डा. गोविन्दराज भट्टराई,अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
पुस्तक विमोचनपछि पूर्व प्रा.डा.भट्टराईले विश्वविद्यालयमा लामो समयपछि साहित्यमा आफ्नो देनपछी उत्तराधिकारीको रुपमा विमल रहेको बताए।
उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा आफू खुसि भएको बताए।करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको उनको भनाइ थियो ।
लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टरको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको बताए। आफू जापनिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।











