गौतम गोलेको दोस्रो सेलो भिडियो ‘छ्योर्तेन राम्रो’ सार्वजनिक

गौतम गोले र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको सेलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गौतम गोलेको युट्युब च्यानलबाट ‘छ्योर्तेन राम्रो’ बोलको भिडियो सार्वजनिक भएको हो ।

उक्त गितमा गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको छ। मोडल गौतम गोलेको यो दोस्रो म्युजिक भिडियो  हो  । उनको पहिलो कोसेली दुई वर्ष अघि ‘म्राङ्सेम खाबा’ सार्वजनिक भैसकेको थियो।

भिडियो सार्वजनिकपछि मोडल गोलेले दर्शक तथा स्रोताको मायाले दोस्रो म्युजिक भिडियो बजारमा ल्याएको बताए। कोरियाका पर्यटकीय स्थानका विभिन्न ठाउँका दृश्यलाई कैद गर्दै उक्त म्युजिक भिडियो तयार पारिएको हो।

विशेष गरेर कोरियालाई कर्मथलो बनाएर काम गरिरहेका गोलेले आगामी दिनमा समेत नयाँ नयाँ कोसेली पस्कने योजना रहेको सुनाए। साथै यस म्युजिक भिडियोले सम्पुर्ण कोरियामा काम गर्ने नेपालीलाई आफ्नो संस्कृतिलाई जगेर्ना गर्न उत्प्रेरित गर्ने उनले सुनाए ।

सार्वजनिक भएको म्युजिक भिडियोमा कमेडी संवाद, मायाप्रीति, दुःख र सुखको कथा दृश्य देख्न पाइन्छ।

ओखलढुङ्गा- केत्तुके ४ का गौतम गोले इपिएस मार्फत सन् २०१२ मा कोरिया रोजगारीका लागि प्रवेश गरेका थिए।