यामाहा टेस्ट राइड गर्नुहोस्, सुनको सिक्का जित्नुहोस

यामाहाको मोटरसाइकल वा स्कुटर टेस्ट राइड गर्नेले प्रत्येक दिन सुनको सिक्का पाउने भएका छन् ।

यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको एक्सचेन्ज क्याम्पमा टेस्ट राइड गर्ने मध्ये प्रत्येक दिन एक जनालाई लक्की ड्र मार्फत सुनको सिक्का दिइने कम्पनीले जनाएको छ ।

यस्तै एक्सचेन्ज क्याम्पमा अवलोकन गर्ने मध्ये एक जनाले प्रत्येक दिन लक्की ड्र मार्फत हेल्मेट पनि पाउन सक्नेछन् ।त्यसैगरी कम्पनीले मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्नेलाई १० हजार थप मूल्यांकन दिने घोषणा समेत गरेको छ ।

यामाहालै भर्खरै मात्र दसैं अफर पनि सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘रेस फर द एस अफर’ अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्ने कम्पनीले जनाएको छ ।यस योजनाको बम्पर पुरस्कार विजेता ग्राहकले भने लक्की ड्रको भन्दा तीन गुणा बढी अर्थात् १२ तोला सुनको एक्का तास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्नेछन् ।