नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४१०, ललिपुरका १३४ र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।