कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुष, भीमदत्त नगरपालिका-७ का ७८ वर्षीया महिला, बेदकोट नगरपालीका-७ का ८५ वर्षीय पुरुष, शुक्लाफाँटा-१ का ५८ वर्षीय पुरुष, पुनर्वास-६ का ३६ वर्षीय पुरुष र  दोधारा चाँदनी-७ का ६५ वर्षीया महिलाको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

योसँगै कञ्चनपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।