कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिका–२ का ८४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनले मृतक पुरुष कडा खालको  निमोनिया लिएर अस्पताल आएको बताए ।

२१ कार्तिकमा कोरोना पोजिटिभ देखिएपछि उनको  भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।