ला लिगामा बार्सिलोनाको विजयी सुरुवात
बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–० को सहज जीत निकालेको हो ।
बार्सिलोनाका जितमा यसै सिजन सिनियर टिमको पूर्णकालीन सदस्य भएका अंशु फातीले उत्कृष्ट प्रर्दशन गर्दै २ गोल गरे ।
अंशु फातीले १५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेपछि नै फिलिपे कौटिन्होको पासमा फातीले दोस्रो गोल गरे ।
खेलको ३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दा बार्सिलोनाको अग्रता ३–० मा पुग्यो भने पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ४–० को अग्रता बनाएको थियो ।
लियोनल मेस्सी ला लिगाका फरक १७ सिजनमा गोल गर्ने छैटौ खेलाडी बनेका छन् । शनिबार मात्र रियल मड्रिडका सर्जियो रामोसले सो सफलता हात पारेका थिए । समर ट्रान्सफरमा क्लब छाड्न खोजेका मेस्सीको प्रयास असफल भएको थियो ।











