वर्षा र आश्मालाई ‘नरिसाउन होई’ भन्दै पल र सरोज

गायक तथा संगीतकार राजेन्द्र भट्ट उर्फ् ‘मिस्टर आरजे’ र संचारकर्मी तथा गायिका इश्वरी बरालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको ‘नरिसाउन होई’ बोलको गीतमा मिस्टर आरजेकै संगीत तथा सुरज गैह्रे विवशको शब्द सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा पल शाह, वर्षा सिवाकोटी, सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायतको अभिनय रहेको छ । भिडियोमा आफ्नो प्रेमिका रिसाएपछि प्रेमीले फकाउन गर्न परेको दुःखलाई देखाइएको छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ । अर्जुन तावरी र टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् ।

संगीतकार मिस्टर आरजे गीतबाट निकै आशावादी देखिन्छन् । अडियो तथा भिडियो दुबै कुरामा निकै मिहिनेत गरेको भन्दै यस गीतलाई पनि दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।

युट्युबमा रिलिज भएको १५ घण्टा  नबित्दै भिडियोले साढे ३ लाख भ्युज पाइसकेको छ । त्योसँगै अहिले भिडियो युट्युब ट्रेण्डिङको २६ औं स्थानमा परेको छ । भिडियोले भ्युज तथा ट्रेण्डिङको उकालो यात्रा तय गरिरहेको छ ।