बेइजिङका विश्वविद्यालयले पठनपाठन सञ्चालन गर्दै
चीनमा नयाँ शैक्षिक वर्ष सुरु भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीलाई कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपाय अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् ।
नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयलाई १५ अगस्टदेखि क्रमशः खोल्न अनुमति दिइसकेको छ । मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब १ लाख ७० हजारभन्दा बढी विद्यार्थी बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।
सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थी प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।
पेकिङ युनिभर्सिटी पीकेयू ले मंगलबार ३ हजार ३ सयभन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड १९ संक्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीले भने संक्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।
विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपाय कार्यान्वयन गरेको छ । विद्यार्थीले क्याम्पसमा फर्किनुअघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्वआगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।











