सिर्जनशील हातहरु
काठमाडौंमा निषेधाज्ञा सुरु भएको आज चार दिन पुरा भयो । कलकारखाना ठप्प छ । अत्यावश्यक भनिएका खाद्यान्ह र औषधी दोकानदारले समेत पसल खोल्ने समय घटाएका छन् । सडकमा मान्छेको चहल–पहल ठप्प प्राय छ ।
ललितपुरको वालकुमारी स्थित ढुङगाको मूर्ति कारखानाको स्थिती भने केही फरक थियो कालिगढहरु मूर्तिको डिजाइन गर्न र आकार निकाल्न व्यस्त थिए । आफ्नो काममा निषेधाज्ञाले असर नगरेको उनीहरुको भनाई छ ।
दिन भरी मूर्ति कुँदन व्यस्त हुने उनीहरुलाई कोरना संक्रमणको खासै चिन्ता देखिदैन । वेलुका नजिकै वनाएको क्याम्पमा वस्छन् भने भोली पल्ट विहानै देखि काममा जुट्ने गरेका छन् । अचेल उनीहरु आफ्नो घर जाँदैनन् । विषेश सावधानी अपनाएर काम गदा कोरोना संक्रमणको खतरा नरहेको उनीहरुको भनाई छ ।











