किसानलाइ हिउँदे तराकारीको बिउ वितरण
सुखड – दिगो विकास समाज भजनी कैलाली र वल्डभिजन इन्टरनेसनल नेपालको साझेदारीमा हिउदे तरकारीको बिउ वितरण गरिएको छ ।
नेपाल कभर प्रोजेक्ट चिसापानी क्षेत्र अन्तर्गत पर्ने कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गतका ३ सय ७ जना कृर्षक र भजनी नगरपालिका अन्तर्गतका १ सय ११ जना कृर्षक गरी जम्मा ५० कृर्षक समुहका ४ सय १८ किसानहरुलाइ प्रत्यक्ष लाभ पुग्नेगरि प्रति कृर्षकलाइ ४ सय तिस रुपैया बराबरको हिउदे तरकारीको विउ वितरण गरिएको चिसापानी क्षेत्रका बजार सयोजक विनोद शाहले जानकारी दिए।
काउली, बन्दा, खुर्सानी टामोटर र भाण्टा गरी पांच किसिमका हिउदे तरकारीको बिउ किसानहरुलाइ वितरण गरिएको हो। किसानहरुलाइ बिउ वितरण प्रणालीमा पहिलो चरणमा संस्थानबाट खटिएका सहजकर्ताहरुले बास्तविक किसानको लगत निकाल्ने तत्पश्चात सम्बन्धीत पालिकाको कृर्षि शाखा मार्फत किसानको प्रमाणीकरण गराउन लगाइ छनौटमा परेका किसानहरुलाइ आआफनो पाएक पर्ने नजिकैको एग्रो भेटबाट तरकारीको बिउ उपलब्ध गराइने व्यवस्था गरिएको थियो ।
कोरोना भाइरसको जोखीम र संक्रमण समाजमा बढि रहेका बेला संस्थाले किसानहरुलाइ तरकारीको बिउ वितरण गर्दा समेत सामाजीक दुरी काएम होस भन्ने हेतुले मोबाइलमा किसानलाई एसएमएस पठाई र सिक्का विधि मार्फत विउ वितरण गरिएको हो ।
विगतका वर्षहरुमा कृर्षि तथा आर्थिक विकास परियोजना संचालन गर्दै आइरहेको संस्थानले हाल विश्व भरीनै संक्रमण फैलीरहेको कोभिड १९ भाइरसका कारण कृर्षी तथा आर्थिक विकास परियोजनाका गतिविधिहरु संचालन गर्न सम्भव नभएकाले संस्थाले किसानहरुका लागी केहि राहतमुखि क्रियाकलापहरु संचालन गर्ने उदेश्य सहित किसानहरुलाइ हिउदे तरकारीको विउ वितरण गरिएको चिसापानी क्षेत्रका बजार संयोजक शाहले बताउनुभयो।











