कैलालीको मोहन्यालमा कृषि हाट बजार सन्चालन हुने

लिलाजंग शाही/बौनिया- कैलालीको मोहन्यालमा कृषि हाट बजार संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर- ६ सोल्टा बजारमा आगामी फाल्गुन पहिलो साताको शनिबारदेखि लाग्ने बताइएको छ ।
कृषि हाट बजारको संचालनका लागि समाजसेवी मनबहादुर शाहीको अध्यक्षता ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
वडाअध्यक्ष टिकाराम भण्डारीको अध्यक्षता बसेको सर्बदलीय भेलाले सर्बसम्मत रूपमा शाहीलाई अध्यक्ष चयन गरेको हो । जसको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा टेकबहादुर रावल, कोषाध्यक्षमा जिरादेवी भुल, सहसचिव कृष्णप्रसाद देवकोटा रहेका छन् । यस्तै, सदस्यमा कृष्णप्रसाद जैसी, नरबहादुर भण्डारी, बजिरसिंह भण्डारी, धनीदेवी शाही, टीकादेवी थापा, बिसुदेवी थापा रहेका छन् ।

हाट बजारमा स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी, फलफूल, माछामासुलाई स्थानीय बिक्रीवितरण गरिनेछ । हरेक शनिबार कृषि हाट बजार लगाएर गाउँघरमा उत्पादन गरिएको खाद्यवस्तु खपत गर्ने उद्देश्यले रहेको र कृषकको आम्दानीस्रोत बढाउने मुख्य लक्ष्य रहेको कृषि हाट बजार संचालक समिति अध्यक्ष मनबहादुर शाहीले बताए । हाट बजार संचालनसंगै सोही स्थानमा कृषि हाट बजार लाई बिस्तार तथा प्रबर्द्धन गर्न सुदूरपश्चिम र कर्णाली प्रदेश खेलिने देउडा खेल, लोकदोहोरी, मगर समुदायको मारुनी नाच, टप्पा नाच, राजी समुदायको नाच लगायत सांस्कृतिक मेला समेत संचालन गरिने शाहीले बताए ।
कार्यक्रम संचालनका लागि आवश्यक बजेटको ब्यवस्थापन वडा कार्यालयले विनियोजन वडा नम्बर- ६ का वडा अध्यक्ष टिकाराम भण्डारीले बताए ।