बैकको व्याजदर १ अंकमा घटाउन नेकपा रुपन्देहीको माग , बेवास्ता गरे कारबाही गर्ने चेतावनी
बुटवल /विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बैकहरुले बढाईरहेको व्याजदर तत्काल १ अंकमा घटाउन बैकहरु सँग माग गरेको छ ।
आज रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन आयोजना विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शरद वलीले वैज्ञानिक समाजवाद स्थापना गर्न सबै कम्युनिस्ट तथा देशभक्त शक्तिहरु मिल्नु पर्नेमा जोड दिनु भयो ।
पार्टीले अगाडि सारेका संघर्षका कार्यक्रमहरुको बारे चर्चा गर्दै नेताले वलीले तत्काल बैकको ब्याजदर घटाउन बैकहरुलाई आग्रह गर्दै आफ्नो मागको बेवास्ता गरे जनताले कारबाही गर्ने चेतावनी समेत दिनु भयो । आर्थिक मन्दी शुरु भएको छ , व्यापारीहरु भाडा तिर्न सक्ने अवस्थामा छैनन यस्तो बेला केही रकम छुट दिन समेत घरधनीहरुमा आग्रह गर्नुभयो । अब स्थानीय स्तरमा अनियमितता गर्नेहरुलाई समेत कारबाही गर्ने चेतावनी दिदै पार्टीले अगाडि सारेका जनताका मागहरुलाई तत्काल पूरा गराउन सबैलाई सहयोगको आग्रह गर्नु भयो ।
उक्त पत्रकार सम्मेलनमा केही दिन अघि मात्र जिल्ला कमिटी रुपन्देहीको बैठकले गरेका संघर्षका कार्यक्रम सार्वजनिक गर्दै रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले तिनाउ करिरोडको समस्या ,बैकहरुको ब्याजदर बृद्धि ,सटर भाडा तथा घरबहाल करको बृद्धिको बारे संघर्ष चर्काउने चेतावनी दिनुभयो । सुकुम्बासीलाई पुर्जा दिने बिषयमा जग्गाको मुल्य भन्दा बढी कर लिन खोजेको भन्दै त्यसो गरिए कडा कदम चाल्ने चेतावनी दिनु भयो । स्वास्थ्य शिक्षा लगाएतमा भएको व्यापारीकरणको समेत चर्को आलोचना गर्दै जनताका मागहरु तत्काल पुरा गराउन पार्टी संघर्षमा जानू परेको बताउनु भयो । अागामी फागुन १ गते नेपाली जनयुद्धका उपलब्धि र समस्या बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने समेत नेकपा रुपन्देहीले जनाएको छ ।
पत्रकार सम्मेलन पार्टीका केन्द्रीय सदस्य शरद सीको प्रमुख आतिथ्यता तथा रुपन्देही सेक्रेटरी विरेन्द्र सीको अध्यक्ष्ातामा सप्पन्न भएको थियोे भने संचालन जनपत्रकार संगठन रुपन्देही संयोजक बिनोद खनालले गर्नुभएको थियोे ।











