परिवारकै सबैले भोट नदिएपछि ग्वाँ ग्वाँ रोए यी उम्मेदवार ! (भिडियोसहित)
भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना स्थलमा केन्द्रमा ५ भोट मात्रै पाएपछि आँशु चुहाउँदै एक उम्मेद्वार बाहिरिएका छन्।
शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए ।
उनले भने, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’
हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् । अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए ।











