नेकपा कैलालीका अध्यक्ष थापाको अन्तरवार्ता: ‘नबुझेरै सिद्धान्तको अपब्याख्या'(भिडियोसहित)

निकटका कार्यकर्ताहरु पनि अध्यक्षको बौद्धिकतामाथि प्रश्न उठाउन थालेका छन्

प्रदेश ब्यूरो, धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीका अध्यक्ष रतन थापाले सपथ खानु अघि लम्की स्थित एक एफएमलाई दिएको अन्र्तबार्ताले निकै चर्चा पाएको छ । त्यो अन्र्तबार्ताको अडियो र भिडियो सुन्ने जोसुकैले उनको बौद्धिकता माथि टिकाटिपणी गर्न थालेका छन् । उनले द्धन्द्धात्मक भौतिकवादको नयाँ परिभाषा दिएका थिए ।

उनले अन्र्तबार्तको क्रममा पार्टीमा भौतिकरुपमा लडाई हुनु भनेको द्धन्द्धात्मक भौतिकवाद भनेका छन् । द्धन्द्धात्मक भौतिकवाद भनेको भौतिक रुपमा द्धन्द्ध हुनु भनेका छन् । पार्टीमा लामो अनुभव रहेको बताउने थापाले पार्टीको सिद्धान्तनै नथापाएको जस्ता अभिव्यक्ति उनको अन्र्तवार्तामा छ ।
पार्टीको सिद्धान्तनै भौतिकरुपमा द्धन्द्ध गर्नु भनेपछि उनका निकटका कार्यकर्ताहरु पनि अध्यक्षको बौद्धिकता माथि प्रश्न उठाउन थालेका छन् ।

तत्कालिन नेकपा एमालेको कार्यालयको लकर तोडेर १२ वटा माइन्युट फाइलहरु कव्जा गरेका थापा एक पछि अर्को विावदमा तानिदै गएका छन् ।
प्रदेशको मन्त्रीपद नपाएर बेला बेला संसदमा हामी सांसद हु वा अरु केही भनेर आफैलाइ प्रश्न गर्दै आएका थापा अध्यक्षको जिम्मेवारी पाए पछि सिंह झै कार्यकर्ता लाई झम्टीन थालेका छन् ।

तत्कालिन नेकपा एमाले कैलाली जिल्ला इन्चार्ज झपट रावल संग राम्रो सम्बन्ध बनाएर श्रमती टिका थापा र आफु प्रदेश सभाको माननीय बन्न सफल बनेका थापा पार्टीको एकता पछि अध्यक्षमा मनोनीत भएपछि प्रदेश अध्यक्ष कर्ण थापाको प्रियपात्र बन्न खोजी रहेका छन् ।  माधव नेपाल समुहको टिम बलियो रहेको कैलाली जिल्लामा आफुलाई कार्याकर्तााले विश्वासनै नगर्ने भएपछि प्रदेश अध्यक्ष कर्ण थापालाई रिजाउन थालेका छन् । उनले प्रदेश अध्यक्षलाई चिसापानी, टिकापुर लगाएतका ठाउँमा दैनिक पिकनिक खुवाउन लग्ने गरेका छन् ।

थापाले माइन्युट फाइलहरु कब्जामा लिएर एमालेका तत्कालिन सचिव रणबहादुर चन्दलाई राख्न दिएको घट्नाले पार्टीका संगठीत सदस्यहरुलाई समेत तर्साएको छ । स्पष्ट गुट नभएका थापा पार्टिमा आफुलाई जता फाइदा हुन्छ त्यतै लाग्ने गरेका छन । पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा कर्णथापा अध्यक्ष भएपछि उनी थपाको पछि लामो समयदेखि माधव नेपाल पक्ष बलियो रहदै आएको कैलालीमा जिल्ला कार्यसमिति सदस्य र पार्टी सदस्यता थपघट गर्न लकर तोडेर माइन्युटहरु कब्जामा लिएको बताइन्छ ।

पहिले मध्यमार्गीरुपमा हिड्ने गरेका अध्यक्ष थापा दीर्घ सोडारीलाई हटाउदा आफूलाई मन्त्री बनाएन भनेर भीम रावलसँग रिसाएर प्रदेश अध्यक्ष थापा निकट हुन पुगेका छन ।

थापाका ‘दुबै हातमा लड्डु’: श्रीमती उपमेयर, आफू सांसद र अध्यक्ष