थापाका ‘दुबै हातमा लड्डु’: श्रीमती उपमेयर, आफू सांसद र अध्यक्ष
रतन थापा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कैलालीका वर्तमान अध्यक्ष। तत्कालिन माओवादी र एमालेबीच एकता भएको एक वर्षपछि उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । उनी पार्टीमा जिल्ला अध्यक्ष मात्रै होइनन्। प्रदेश सभाका सांसद पनि हुन्। राजनीतिमा हाम फालेको छोटो समयमै उनले धेरै कुरा प्राप्त गरेका छन्। तत्कालीन एमालेबाट नेपाली काँग्रेसका हिम रावललाइ हराउँदै प्रदेश सभामा निर्वा्चित भएका थापाका दुवै दम्पती जनप्रतिनिधि हुन् ।
थापाकी श्रीमती टिका थापा कैलालीको लम्की चुहा नगरपालिकाकी उप प्रमुख हुन् । स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उम्मेदवार बनेकी थापाले नेपाली काँग्रेकी धनादेबी चौधरीलाई २ हजार ८ सय ५६ मत अन्तरले हराउँदै विजयी भएकी थिइन् ।दम्पती नै जनप्रतिनिधि त्यसैमा अध्यक्षको जिम्मेवारी पाएका थापालाई बधाई थाप्न भ्याइ नभ्याई छ ।
बधाईसँगै पार्टीभित्रैबाट उनले आलोचना समेत खेप्नु परेको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थापालाई जिल्ला अध्यक्ष बनाइएपछि जिल्लाका नेताहरुमा असन्तुष्टि देखिएको थियो। त्यसमाथि सपथ अगावै उनले कार्यालयको लकर तोडेर बैठक पुस्तिका कब्जामा लिएपनि थप असन्तुष्टि देखा परेको हो। भिम रावलको हालीमुहाली रहेको प्रदेशमा थापा अध्यक्ष भएपछि अर्को पक्ष हात धोएरै उनको विपक्षमा लागेको छ। यतीसम्मकी एक सञ्चार माध्यममा अन्तरवार्तामा बोलेको कुरालाई लिएर पनि निकै टिका टिप्पणी भयो। भीम रावल निकटका सञ्चारकर्मी समेत उनको विपक्षमा समाचार बनाउनमै ब्यस्त छन्। कसरी हुन्छ उनलाई कमजोर बनाउने रणनीति उनीहरुको छ।
हाल उनले जिल्ला अध्यक्षको सपथ समेत ग्रहण गरिसकेको छन्। श्रीमती उपमेयर थापा सांसद र पार्टीको जिल्ला अध्यक्ष समेत भएपछि उनका निकटस्थहरु पनि उनलाई भाग्य चिठ्ठा परेको बताउँछन्। उनी अध्यक्षमा मनोनित भएकै दिन नेकपा कैलालीकै एक नेताले थापाको दुबै हातमा लड्डु परेको बताएका थिए।











