क्रोएसियाले रच्यो इतिहास, उपाधिकालागि फ्रान्ससँग भिड्ने
रुसमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा क्रोएसियाले आइतबार उपाधिका लागि फ्रान्सको सामना गर्नेछ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २ – १ ले हराउदै क्रोएसिया फाइनलमा पुगेको हो । यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएर फाइनल प्रवेश गरेको थियो ।











