अष्ट्रेलियामा भएको गोल्ड कोस्ट तेक्वान्दो च्याम्पियनसिपमा ३ जना नेपाली खेलाडीहरु बिजयी
आर एन चौधरी थारु ।
अष्ट्रेलियामा आयोजित नवौँ गोल्ड कोस्ट खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले समेत जित हात पारेका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा शनिबार भएको खेलमा नेपाल संगै चाइना ,कोरिया,न्युजिल्यान्ड ,डेनमार्क लगायत १६ वटा विभिन्न देशका खेलाडीहरुको प्रतिनिधित्व रहेको थियो ।

नेपालको तर्फबाट रञ्जन श्रेष्ठले फाइट्मा सिल्वर मेडल र ब्रेकिङमा गोल्ड मेडल हात पारी बिजयी भएका हुन् । त्यस्तै अर्का खेलाडी रेजिना कार्कीले स्पाइरिङमा ब्रोउन मेडल ,अनिस महर्जनले फाइटिङमा सिल्वर मेडल र ब्रेकिङमा ब्रोउन मेडल जित्दै बिजयी हुन् ।

उक्त खेलमा नेपालको तर्फबाट खेलाडीहरुको प्रशिक्षक तथा टिम कोचमा विशाल रायमाझी , इन्टरनेसनल रेफ्री तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य अर्जुन केसी लगायतको सहभागीता रहेको थियो ।
खेलमा नेपालको तर्फबाट सहभागी अर्जुन केसीले रेफ्रीको भुमिका निर्वाह गरेको थियो भने आइतबार हुने खेलमा एक जना खेलाडी रेजिना कार्कीले ब्रेकिङ तर्फ विभिन्न देशको खेलाडीहरु संग प्रतिस्पर्धा गर्नेछ्न।












