एमाले, प्रचण्ड र मधेसी बादी दलबाट दर्जनौं नेकपा माओवादीमा प्रवेश
बुटवल/ आज रुपन्देहीको मायादेवी गाउँ पालिकामा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसीबादी दलबाट आज नेकपा (माओवादी) ३९ जना प्रवेश गरेका छ।
रुपन्देहीको मायदेबी वडा न १ मा आयोजित पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम एमाले,नेपाली कम्युनिस्ट पार्टी र मधेसीबादी दलबा प्रवेश गरेका नेताकार्यकर्ता लाई नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज बसन्त सी, पार्टीका पोलिट ब्यूरो सदस्य बिनोद सी केन्द्रिय सदस्य शरद सी,बिश्वास र नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सीले अबिर लगाएर स्वागत गरेका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथि वसन्त सीले कार्यक्रम लाई सम्बोधन गर्दै माओवादी आन्दोलन उपलब्धिको रक्षा गर्दै नेपाल समाजबादी आन्दोलन बाट मात्र शोषित बर्ग र सबै समुदायको मुक्ति हुने भलाइले सबै लाई गोलबन्ध गर्न आवस्यक रहेको बताए । साथै तपाईंहरुको प्रवेशले हामी र हाम्रो पार्टी लाई थप सुदृढी र कृयासिल बनाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेछ भन्ने बिश्वास व्यक्त गर्नु भयो।
कार्यक्रम नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा सियारी/सुद्धोधन इन्चार्ज मुकेश सीको अध्यक्षता सुरु भएको कार्यक्रम शेषराम सीको स्वागत मन्तव्य र अभिराम सीले संचालन गर्नु भएको थियो।











