सहिद स्मृति प्रतिष्ठान द्वारा जेनजी शहिदको स्मृतिमा बुटवलमा रक्तदान 

facebook sharing button
twitter sharing button

बुटवल । सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्मान,स्मरणका लागि आयोजना गरेको रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । मङलबार बुटवलस्थित रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा झण्डै ३ दर्जन दाताले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै सहिद बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष वसन्त कुमार श्रेष्ठले नागरिकको पक्षमा गरिएको आन्दोलनमा ज्यान गुमाएका जेनजीहरु राष्ट्रको गौरव भएको बताउदै उनीहरूको बलिदान र त्यागलाई थप स्थापित गराउन यस्ता रचनात्मक कार्यक्रमले सहयोग पुग्ने बताए ।

नेता श्रेष्ठले देश जटिल परिस्थितिमा रहेको बताउदै सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जड दिए । कार्यक्रममा प्रतिष्ठानमा उपाध्यक्ष सरद वली,सचिव विरेन्द्र विक,जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे ,रक्त सञ्चार केन्द्रका अध्यक्ष कृष्ण चौहान लगायतले धारणा राखेका थिए ।

विभिन्न घटना ,दुर्घटना तथा सुत्केरीको लागि विभिन्न समुहका रगत अभाव भईरहेको बेला प्रतिष्ठानले रक्तकेन्द्रका पदाधिकारीको परामर्श बमोजिम रचनात्मक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक शिव श्रेष्ठले बताए । डेढ बर्ष अगाडि स्थापित प्रतिष्ठानले रुपन्देहीमा सिर्जनात्मक एवम् रचनात्मक कार्यक्रम साथै बहसमुलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।