शहिद बेपत्ता स्मृति प्रतिस्ठान नेपालद्रारा मंसिर १६ गते जेन-जेड आन्दोलनका शहिदको स्मृतिमा रक्तदान कार्यक्रम

सहिद बेपत्ता प्रतिस्थापन नेपालले जेन- जेड आन्दोलनका सहिदहरुको स्मृतिमा रक्तदान कार्यक्रम गर्ने भएको छ।

बुटवल/ रक्तदान कार्यक्रम २०८२ मंसिर १६ गते बिहाना ८:०० बजे रक्तसञ्चार केन्द्र बुटवलमा हुने सहिद बेपत्ता प्रतिस्ठान नेपालका सदस्य तथा रक्तदान कार्यक्रमका सयोजक शिव मल्लले बताए।

प्रतिस्ठानले जनयुद्ध,एकीकृत जनक्रान्ती,२००७,२०४६२०६२/०६३ को जन-आन्दोलन,२०२८को झापा आन्दोलन,मधेस आन्दोलन, पछिल्लो समयको जेन- जेड आन्दोलन लगायत न्यायपुर्ण आन्दोलनमा सहादत गर्नु हुने सहिदहरुको सम्झना,सहिद परिवारको वृद्धि बिकास,सम्मान, सहिदहरुको उदेश्य लगायतका विषय अन्तक्रिर्या गोष्ठी छलफल गर्दै आएको छ।