विप्लव नेतृत्वको नेकपा रुपन्देहीद्रारा भुकम्प पीडितलाई ५० हजार नगद सहित लत्ता कपडा खाद्यान्न राहत उपलब्ध गराउने।

 

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीद्रारा जाजरकोट र रुकुममा भुकम्प पीडितलाई राहत उपलब्ध गराउने भएको छ। आज बसेको जिल्लाको अनाैपचारिक  बैठकले २०८० कार्तिक १७ गते राति ११ : ४४ बजेको समयमा जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको कारण ठुलो जनधनको क्षति हुन पुगेको छ । विनाशकारी भुकम्पमा ज्यान गुमाउने दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्प पीडितलाई खाद्यान्न,लत्ताकपडा सहित ५० हजार नगद उपलब्ध गराउने नेकपा रूपन्देहीले निर्णय गरेको छ भने नेकपा केन्द्रले पार्टी कोषबाट राज्य राहत कोषमा एक लाख (१,००,०००) जम्मा गरिदिने र (२५ क्विन्टल) उपलब्ध गराउने भएको छ ।

 

जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकाश सी) को नेतृत्वमा डक्टरहरुको टिम घटनास्थलमा खटाएको छ । भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने । राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्न र गराउन नेकपाले निर्देशन समेत गरेकोे छ ।