नेकपा महासचिव विप्लवद्रारा भुकम्प प्रभावित क्षेत्रमा पार्टी पंक्ति लाई उद्दार र राहतमा जुट्न निर्देशन,
सरकार र सरोकार निकाय संग तदारुकताका साथ उद्दार र राहतमा लाग्न अपिल
काठमाडौं: नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव) सामाजिक संजाल आफ्नो फेसबुक पेजमा मार्फत सम्पुर्ण पार्टी पंक्ति लाई उद्दार र राहतमा लाग्न निर्देशन गरेका छन
जाजरकोटको रामिडाडा केन्द्र बिन्दु बनाएर गएराती ११:४७ बजेको समयमा गएको ६:४ म्याग्निच्युटको भुकम्प ८६ जना भन्दा बढीले ज्यान गुमाएको र सयौं घाइते भएको विबरण आएको छ।यस्तो बिपत्तको अवस्था पार्टी पंक्ति लाई राहत र उद्दारमा लाग्न निर्देशन गरेका छन। साथै सरकार लाई तदारुकताकासाथ उद्दार र राहतको कामलाइ अगाडि बढाउन,तत्काल देखिएको औसधि,पानी खाध्यन र स्वास्थकर्मीको अभावको पुर्ती गर्नु अपिल गर्नु भएको छ। घाइतेको उपचार सरकारले तत्काल गर्न अनुरोध समेत गरेका छन।
भुकम्प परी ज्यान गुमाउनेप्रती हार्दिक श्रद्धाञ्जली,घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना सहित यो दुखको अवस्था सिङ्गो पार्टी पंक्ति जनता संगै रहेको कुरा पनि उल्लेख गरेका छन।यस अधि पनि विप्लबले बझाङमा पुगेर भुकम्प परी ज्यान गुमाउनेका आफन्तजनलाइ राहत बितरण सहित श्रमदान गरेका थिए।











