लम्कीचुहा नगरपालिकाद्धारा एकल महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
लम्की / कैलालीको लम्कीचुहा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ। नगरपालिकाले नगरभित्रका एकल महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको जनाएको छ।
शनिवार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलालाई लम्कीचुहा अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको पालिकाले जनाएको हो। नगरप्रमुख सुशिला शाहीले नगरवासीलाई दशैं र तिहारको शुभकामना दिदै नगरपालिकाको १० ओटै वडामा सेवा सुचारु भएको बताइन्।











