संसद भङ्ग गरेपछि पेरुका राष्ट्रपतिलाई महाभियोग लगाएर हटाइयो, प्रहरी हिरासत
६० वर्षीय बोलुआर्ते राष्ट्रपतिको नियुक्त
काठमाडौं : पेरुका राष्ट्रपति राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ।
यद्यपी सांसदले यसलाई अस्विकार गर्दै आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाएका छन्। त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको छ।
पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन्। 
बुधबारको नाटकिय सत्ता परिवर्तनको घटना तब सुरु भयो जब पेद्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमा दिएको सम्बोधनमा आपतकाल लगाउने घोषणा गरे।
उनले विपक्षीको नियन्त्रणमा रहेको कंग्रेस भंग गर्ने घोषणा गरेका थिए। त्यसपछि मन्त्रीले उनको विरोधमा राजीनामा दिने सुरु गरेका थिए। संवैधानिक अदालतका प्रमुखले कास्टिलोमाथि सत्ताकब्जा गर्ने कोशिश गरेको आरोप लगाएका छन्।











