कोरोना बढेपछि अनिवार्य रूपमा मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बढेपछि रोकथाम र नियन्त्रणका लागि सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्थाका विषयमा यस मन्त्रालयबाट आवश्यक तयारी तथा प्रतिकार्यका अतिरिक्त सबैलाई जानकारी गराइँदै आइएको छ । बढ्दो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सम्बद्ध सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आआफ्नो स्थानमा निम्नानुसार सावधानीका कार्यहरू गर्नु गराउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हार्दिक अनुरोध छ ।’