धनगढीमा रहेको निसर्ग हस्पिटलले विपदबाट प्रभावितलाई निशुल्क चेकजाँच र वेड भर्ना गर्ने
कैलाली – सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न ठाउँमा भएको भारी वर्षाका कारण हालै आएको बाढी तथा पहिरो बाट थुप्रै जनधनको क्षती भएको अवस्थामा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विपद प्रभावितहरुलाई निशुल्क चेकजाँच र निशुल्क वेड भर्ना गर्ने भएको छ ।
अस्पतालका अध्यक्ष तिर्थ पन्तका अनुसार स्वास्थ्य चेकजाँच र वेड भर्नामा निशुल्क गर्नुका साथै अन्य उपचार र परिक्षणमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । अध्यक्ष पन्तले भने– ‘यस विपदमा ज्यान गुमाउनु हुनेको आत्माको चिरशान्तीको कामना गर्दै घाइते तथा बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’











