कैलालीमा थप  ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीमा थप  ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सेती अस्पतालमा १०९ जना कोरोना संक्रमित उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।  तीमध्ये एक जना भेन्टिलेटरमा, १५ जना आईसीयूमा र ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

यस्तै, कैलालीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठ बताए । उनका अनुसार धनगढी-२ का ६७ वर्षीय पुरुष, धनगढी-५ का ४५ वर्षीय पुरुष र धनगढी-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।