मोहन्यालमा ४० लाखको कोरोना कोष
बैठकले शिक्षा समिती सदस्य हेरफेरलगाएतका निर्णय पनि गरेको उपाध्यायले बताए
कैलाली – कैलालीको मोहन्याल गाउँपालिकाले कोरोना कोषमा ४० लाख रकम बिनियोजन गरेको छ। आज बसेको कार्यपालिकाको बैठकले कोरोना कोषमा ४० लाख विनियोजन गर्ने निर्णय गरेको वडानम्बर २ का वडाध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए ।
उनकानुसार बैठकले फ्रण्टलाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप सुबिधा दिने,२० श्यैयाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गर्ने, कोरोना अस्पतालमा चिकित्सकसहित २ जना स्टाफ नर्स र अन्य कर्मचारी भर्नाको लागि सूचना प्रकाशन गर्ने समेत निर्णय गरेको छ।
बैठकले शिक्षा समिती सदस्य हेरफेरलगाएतका निर्णय पनि गरेको उपाध्यायले बताए।











