कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।

कोभिड १९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र सीसीएमसी का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक स्वदेश फर्केका हुन् ।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरू अधिकांश रोजगारीका लागि गएका हुन ।

केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ५ सय ४६, प्रदेश २ का ११ हजार ९०९, बागमती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ८हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ । रासस