तिमी हिरासतमा छौ

ए बन्दी
तिमी हिरासतमा छौ ,
ख्याल गर …….!
आजभोलि हिरासत मानब बदशाला
बनाउन खोजिदैछ रे ,
न पत्याय हेर्नुस् ……
मधेसको युवा बिजयराम चमार ,
कैलाली जिप्रकामा रोसन बिकको घटना ,
त्यसैले तिमी ख्याल गर ….!

शासकहरुले निमोठ्न सक्छ्न
जतिबेला पनि…….
किनकी तिमी बन्दी छौ ,
तिम्रो हातमा हतकडी छ ,
तिम्रो चित्कार कसैले सुन्दैन ,
तिम्रा लागि बोलिदिने कोही छैन,
त्यसले तिमी ख्याल गर…….!!

अड्डा , अदालत उनीहरुकै छन,
मानवअधिकारमा तिम्रो पहुँच पुग्दैन ,
चरम यातना र लापरबाही ले तिम्रो मृत्यु हुन्छ..,
तर सरकारले आत्महत्या को रिपोर्ट तयार पार्छ ……….,
प्रिय, प्रिय बन्दी साथी ,
त्यसैले तिमी ख्याल गर
तिमी हिरासतमा छौ !