नयाँ जनवादी क्रान्ति !

कतिपय कामरेडहरुले अझै पुरानै चिन्तन प्रवृत्तिको सिकार भइरहनु भएको छ । यसको कारण यसलाई दक्षिणपन्थी भटकाव र अपव्याख्या गरेर केही भ्रमहरु उत्पन्न गरिएको छ ।

कसैले यसलाई जनवादी क्रान्तिको बिकल्प देख्नु कतिपयले यसलाई एमालेसङको पार्टीसत्ता साझेदारीमा अपव्याख्या गर्ने र कतिले एमालेको बहुदलीय जनबादसङ तुलना गर्ने रुपमा आएको देखिन्छ ।यो सत्य होईन बरु सत्य के हो भने यो सिद्धान्त ती तमाम सकारात्मक र नकारात्मक संशलेषणहरुको शिक्षा र सबको जगमा उभिएको छ।यो नेपालमा नयाँ ढंगले क्रान्ति सफलगर्ने नयाँ सिद्धान्त हो ।

यद्धपि यो भर्खर फकृदो अबस्थामा छ । यसको एक मात्र ध्येय नेपालमा नयाँ जनबादी क्रान्ति पूरागरेर समाजबादी ब्यबस्थाद्धारा नेपाललाई नयाँ नेपालका रूपमा विश्वसामु चिनाउने हो ।यसका मात्र दुई सर्त वा कार्यभार छ्न । पहिलो नेपाललाई नबऔपनिबेसिक जन्जिरबाट मुक्त गर्ने छ ।

दोस्रो नेपालमा बसोबास गरेका नागरिकहरु आदिबासी जनजाति ,गैरआदिबासी ,जातिहरु,सबै,बर्ग,लिंग ,क्षेत्र ,र समुदायहरुमाथी पुरानो राज्यसत्ताले ,थोपारेका अन्यायपुर्ण ब्यबस्था,र सबै प्रकारका असमानता र,उत्पीडनको अन्त्यगरि सबै नागरिकको समान अधिकार ,कायम गर्नेछ र,एउटा् मुक्त नेपाल ,मुक्त र,अधिकारसप्पन्न जनता,एकीकृत जनक्रान्तिले परिकल्पना गरेको नेपाली जनबादी क्रान्तिको लक्षय रहेको छ।

अन्त्यमा यति भनौं नेपाल कम्युनिस्ट माओवादी पार्टी फुट होइन ,जुट पनि हो।जनताको दृटिमा पार्टी फुटेको देखिनु स्वभाबिक छ,तर माओवादी फुटेको छैन ,हिजो माओवादी जे भन्थ्यो ,अहिले पनि माओवादी त्यहि भन्दैछ र त्यही बाटो,त्यही सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धतामा छ ।  माओवादीको मुल प्रबाह यहि हो । अन्य यहि मुल प्रबाहबाट अलगअलग भएर जानुकासाथै जनयुद्धका सबै उपलब्धिहरु बर्गदुश्मनलाई समर्पण गर्नु र माओवादी आन्दोलनको मुल धारलाई बङ्ग्याएर अन्यत्र मोड्न खोज्दाको परिणाम विचार,झणडा र बचेका उपलब्धिहरुमा टेकेर अधिकार खोसेको मात्र हो।
पछिल्लो चरणको फुट क्रान्तिमा अगाडि बड्न तयार नभएपछि यो वा त्यो रूपले क्रान्तिका लागि तयार नभएपछि तिनलाई छाडेर अगाडि बढेकोमात्र हो।

त्यसैले यो फुट नभएर ईतिहासको जिम्मेवारी पूरा गरेको मात्रै हो ।यो घडी भनेको ईतिहासकै असाध्यै ,जटिल अबस्था पनि हो ।यो अबस्था भनेको असाध्यै जोखिमपुर्ण अबस्था पनि हो ।यो जोखिम मोल्न कोहि तयार नभएपछि बलिदानमा छाती थाप्ने प्रश्न पनि हो ।यो तातो नदि तर्न को तयार हुने भन्ने प्रस्न पनि हो ।यसमा काध थापेको मात्र हो ।त्यसैले यो आबस्यक्ता र ,बाध्याताको उपज पनि हो।
अगाडि बड्न र यो परिस्थितिलाई चिरेर अगाडि बढने माग परिस्थितिको आवश्यकता हो ।

यो बेला नेताहरु घोर अकमर्ण्यतामा परेपछी र जोखिम मोल्न तयार नभएपछि जस्तोसुकै परिस्थितिका निम्ति पनि तयार भएर एक कदम अगाडि बडेको मात्र हो । यसलाई यसरी नै बुझ्न जरुरी छ,लाईन र नेतृत्वबिचको अन्तरबिरोधको समाधान पनि हो र पार्टीभित्रका सहि र गलत,ईमानदार ,र क्रान्तिकारीबिचको अन्तरबिरोधको समाधान पनि हो ।

नेता ईमानदार मात्र भएर ,पनि नपुग्दो रहेछ , क्रान्तिकारी र हिम्मती पनि हुनुपर्दो रहेछ । गतिही ,कलाहिन ,र अदुरदर्सी नेतृत्वको अन्तरबिरोध सामधान गरेको मात्र हो,त्यसैले आत्तिनुपर्ने केही छैन ।

क्रान्तिको सम्भावना छ तर समस्या नेतृत्वकै हो र त्यसको हल पनि हुँदै गएको छ । त्यसैले क्रान्तिमा आसा गर्ने ठाउँ छ ।
सबैले एकीकृत जनक्रान्तिको कार्यदिशा र नेतृत्वप्रती उत्तिकै बिस्वास गरौं क्रान्ति सम्भब छ ।