विश्व नेपाली साहित्य महोत्सवको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

कैलाली- कैलालीको धनगढीमा आजदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सवको एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिन् । सुदूरपश्चिमका विभिन्न जिल्ला स्थित ऐतिहासिक स्थलको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सुदूरपश्चिम प्रदेशमा आइपुगेकी हुन् ।

फागुन २० गतेसम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिक लगायत विभिन्न विषयहरुमा सत्रहरु हुने छन् । महोत्सवमा वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभाका सांसद नारदमुनि राना लगायतका नेताहरु राजनीति, विकासलगायत विषयका वक्ताका रुपमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङले अवश्यपनि महोत्सव अवधिभर अवलोकन गर्ने आयोजकले जनाएको छ ।