ईश्वरीदत्त शर्मा स्मृति अंतर विभागिय भलिबल प्रतियोगीता २०७६ त्रिवि क्याम्पसमा हुँदै

त्रिभुवन विश्वबिधालयको केन्द्रिय क्याम्पस काठमाडौंको किर्तिपुरमा अन्तर विभागिय भलिबल प्रतियोगिता हुनेभएको छ। त्रिभुवन विश्वबिधालयको पहिलो सहिद ईश्वरीदत्त शर्माको स्मृतिमा दोर्सो संस्करणको ‘ ईश्वरीदत्त शर्मा भलिबल कप २०७६’ हुनलागेको हो।

खप्तड युवा समाज डोटि- त्रिविको आयोजनामा आगामी फाल्गुन १५ गतेदेखि १८ गतेसम्म खेल संचालन हुनलागेको खप्तड युवा समाजका अध्यक्ष श्यामराज ओझाले जानकारी दिनुभयो।

खेलमा प्रथम हुनेलाई २० हजार २० रुपैयाँँ, दितियलाई १२ हजार १२ रुपैयाँ र तृतीयलाई ६ हजार ६ रुपैयाँ पुरस्कार रहेको छ। साथै बिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिईनेछ।