मोहन्यालको पर्यटन विकासमा सबै एकजुट हौँ

गणेश जैशी – कैलालीको चुरे क्षेत्रमा पर्ने गाउँपालिका हो मोहन्याल।भौगोलिक विकटता भएतापनि  प्राकृति स्रोत साधनले भरिपुर्ण मानिन्छ। पर्यटनको प्रचुर संभावना छ। प्राकृति स्रोत साधनले सम्पन्न हुदाहुदै पनि संभावित पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न नसक्नु दु:खद पक्ष हो।

मोहन्यालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नमा तपाईं हामी कतै चुक्यौ की ?

मोहन्यालको चुरेपहाड शृङ्खला जहाँबाट हामी अन्नभण्डार मानिने तराई क्षेत्रको अवलोकन गर्न सक्छौं। यसलाई पनि पर्यटन क्षेत्रको बिकासमा जोड्न सक्छौं ।
चुरेक्षेत्रमा रहेका झर्ना जसले प्राकृति मनमोहकलाई झल्काउने गर्छन।

लेकमा फुल्ने लालिगुरास र  चराचुरुङ्गीको समधुर आवाज त्यस्तै कैलाली र सुर्खेतको बिच भएर बग्ने नेपालकै लामो कर्णाली नदिले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउ मद्दत पुग्ने छ।

पर्यटनको लागि चाहिने आधारभूत पक्ष पुर्वाधार हो
यातायातको पहुँच, बस्ने सुबिधा सम्पन्न होटेल।  स्थानीय सरकारले सडक बिस्तारमा करोडौं खर्च गरेपनि त्यो भने दीर्घकालीन हुनसक्ने अवस्था छैन। मापदण्डबिनाका जथाभावी डोजर लगाएर बनाईएका सडकले केहि समय त स्थानीयलाई आवतजावतमा सहज होला तर त्यसरी निर्माण गरिएका सडक  दीर्घकालीन भने अवश्य होइनन।
बिकासका नाममा आफुनिकट उपभोक्ता समिति गठन गरि कार्यकर्ता पोस्ने काम मात्र हो।

सुदुरपश्चिम प्रदेश गौरवको आयोजना अन्तर्गत पर्ने कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्ने फलेबिसौनाबाट सल्लेरी-भत्कुरी हुँदै ताम्चा पुग्नुपर्ने रोड केही स्थानीय बुज्रुक नेताका कारण सल्लेरीबाट खेतु-बर्जेना-पाया-राक्सा पुर्याउन थालिएको छ।काठका ठेकेदारहरुले राजनीतिक बलको प्रयोग गरि भत्कुरी र ताम्चाजस्ता ठूलो जनसंख्या भएका गाउँमा सडक संजाल पुर्‍याउन नखोज्नु दु:खद हो।

वन माफियाले आफ्नो फाईदाका लागि जङ्गलको बाटोलाई बढी प्राथमिकतामा राख्नुले पनि बिकासमा स्थानीय राजनीतिक दल र जनप्रतिनिधिको भुमिकालाई प्रष्ट पारिदिएको छ। व्यक्तिगत स्वार्थका लागि प्रदेशको गौरवको आयोजनालाई लिएर वनफडानी गरि बाताबरण तहसनहस पार्न खोज्ने जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका कार्यकर्तालाई सभ्य नागरिकले उचित समयमा जवाफ दिनैपर्छ।