लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु, देशैभरका ४५ टीम बिच कडा प्रतिस्पर्धा हुँदै

देवानन्द न्यौपाने, लम्की । कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ शुरु भएकोे छ । नेपाली काँग्रेस लम्कीचुहा नगर समितीको आयोजनामा शहिद लाल बहादुर बम र लोकराज ढकाल स्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०७६ शुरु भएको हो।प्रतियोगितामा देश भरीका ४५ टीमले सहभागिता जनाएका छन ।

राष्ट्रका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद भन्ने मुलनाराका साथ खेलको माध्यामबाट सुदुुरपश्चिमको प्रदेशद्धार लम्कीचुहा नगरपालिकालाई देशमै चिनाउने उदेश्यका साथ आयोजना गरीएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैया, द्धितिय हुने टिमले २५ हजार १ रुपैया तृतिय हुने टिमले १० हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार हातपार्ने छन । खेल डबल विद्यामा खेलाईने प्रतियोगिता संयोजक लब बहादुर शाहीले जानकारी दिनु भएको छ।

तल्कालिन पञ्चायत विरुद्ध भएको जनआन्दोलनमा सरकार पक्षबाट काठमाडौँमा सहादत प्राप्त गरेका नेपाल विद्यार्थी संघका नेता लाल बहादुर बम र तत्कालिन विर्दोही माओवादी पक्षबाट २०५४ साल फागुन ४ गते कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा हत्या गरिएका नेपाल तरुण दलका नेता सहिद लोकराज ढकालको स्मृतिमा खुल्ला व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले जानकारी दिनु भएको छ ।

स्वस्थ समाज निर्माणका लागि सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री जनकराज चौधरीले बताउनु भएको छ । “राष्ट्रका लागी खेलकुद्स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ नेपाली कांग्रेस लम्कीचुहा नगर समितिको आयोजना आज देखि लम्कीमा सुरु भएको शहिद लालबहादुर बम र लोकराज ढकाल स्मृति कप ब्याटमिन्टन प्रर्तियोगिताको उदटन गर्दै पूर्बराज्यमन्त्री चौधरीले चौधरीले खेलकुदको माध्यामबाट युवाहरुलाई सकारात्मक दिसातर्फ उन्मुख गराउन सकिने बताउनु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा महा समिति सदस्य जनक बमले देशै भरबाट प्रतियोगितामा प्रतियोगिको रुपमा सहभागि हुन आउनु भएका सबैलाई कैलालीमा स्वागत गदै खेल सौहाद वातावरणमा सम्पन्नं हुने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता हिमबहादुर रावलले खेल क्षेत्रबाट देशलाई स्वाथ्य र सम्बृद्ध बनाउन सकिने बताउदै सरकारले एक वडा एक खेलकुद मैदानको अवधारणा ल्यानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्तबहादुर थापाले शहिदको सम्झनामा आयोजना गरीएको यस प्रतियोगिताको महत्व बेग्लै रहेको बताउदै यसमा सबैले सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले प्रतियोगिता सञ्चानका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिदै यसले यस क्षेत्रको खेल विकासमा एक नया“ सन्देश प्रबाह हुने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा खेल प्रेमि तथा पुर्ब साविक बलिया गा.वि.स अध्यक्ष बखतबहादुर विष्टले कार्यक्रम आयोजनाका लागि नेपाली कांग्रेस नगर समितिलाई धन्यबाद दिदै सरकारले खेलाडीहरुको मनोबल बढाउने खालका कार्यक्रमलाई ल्याउन जरुरी रहेको बताउनु भयो । नगरपालिका भित्र खेलकुद मैदान र ब्यवस्थापनको पाटोलाई नगर सरकार, प्रदेश सरकार र संघिय सरकारले समेत सकारात्मक रुपमा लाग्ने आफुलाई विश्वास रहेको बताउनु भयो । प्रतियोगिता संयोजक लवबहादुर शाहीको स्वागत मन्तब्य संगै शुरु भएको प्रतियोगिताको उदटन शत्रको सञ्चालन नेपाली काग्रेसका नगर सचिव इश्वरी प्रसाद देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लम्कीचुहा नगर तथा आसपासका स्थानियतहका वडा सभापति, वडा अध्यक्ष, नेपाली कांग्रेसका नगर, क्षेत्र, जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य एवम्नेपाली काग्रेसका भातृ तथा सुबेक्षुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैया, द्धितिय हुने टिमले २५ हजार १ रुपैया तृतिय हुने टिमले १० हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार हातपार्ने छन । खेल डबल विद्यामा खेलाईने प्रतियोगिता संयोजक लब बहादुर शाहीले जानकारी दिनु भएको छ।तल्कालिन पञ्चायत विरुद्ध भएको जनआन्दोलनमा सरकार पक्षबाट काठमाडौँमा सहादत प्राप्त गरेका नेपाल विद्यार्थी संघका नेता लाल बहादुर बम र तत्कालिन विर्दोही माओवादी पक्षबाट २०५४ साल फागुन ४ गते कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा हत्या गरिएका नेपाल तरुण दलका नेता सहिद लोकराज ढकालको स्मृतिमा खुल्ला व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले जानकारी दिनु भएको छ ।