बाैनिया जेसीजकाे सप्ताहव्यापि कार्यक्रम सोमबारबाट सुरु
राजेन्द्र रावल, कैलालि। बौनिया जेसीज बर्ष २०१९ को सप्ताहव्यापि कार्यक्रम अाजबाट सुरु भएको छ । बाैनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाहीकाे अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका अध्यक्ष बलिराम डगाैरा थारु रहनु भएको थियाे । कार्यक्रममा बाेल्दै थारूले बाैनिया जेसीजकाे बर्दगाेरिया गाउपालिका भित्र रहेका विभिन्न सामाजिक संस्था मध्य फरक परिचय रहेको कुरामा जाेड दिदै अागामि दिनमा समेत त्यसलाई निरन्तरता दिन अाग्रह गरे ।
जेसीजकाे मुल मन्त्रकाे रुपमा रहेको शासन व्यत्तिकाे हाेईन बिधिकाे हुनुपर्छ भन्ने सिद्धान्तलाई सबै संघसंस्था र राजनीति दलहरूले अंगिकार गरे देश परिवर्तन हुन कुनै तिथि पर्खन नपर्ने बताउनुभयो।
कार्यक्रममा बाैनिया जेसीजकाे मातृ शाखा टिकापुर जेसीजका अध्यक्ष गणेश साउद विशिष्ट अतिथिका रहनुभएको थियो।
कार्यक्रममा लम्कि लेडि जेसीजका अध्यक्ष ईसरा थापा,जाेशिपुर जेसीजका अध्यक्ष हरि गाैतम वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा र वडा नम्बर ३ का वडा अध्यक्ष कर्णे सुनार रेडक्रस उपसाखा दाेदाेधराका सभापति लक्ष्मी जैशि लगायतकाले शुभकामना मन्तव्य व्यत्तगर्नु भएको थियाे ।
उद्धाटन युवा दिवसकाे अवसर पारेर जेसीज सप्ताह अन्तरगतकाे पहिलो कार्यक्रमका रुपमा माध्यमिक बिधालय स्तरिय राष्ट्र निर्माणमा युवाहरुकाे भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । कार्यक्रमका संयाेजक चक्र शाहीकाे अध्यक्षता भएको प्रतियोगितामा नृणायकका रुपमा महेश्वर विनाडि,सुरत बहादुर बिष्ट र दुर्गा दत्त विनाडि रहनु भएको थियाे । बर्दगाेरिया गाउपालिका भित्रका अाठ वटा माध्यमिक बिधालयहरुकाे सहभागितामा भएको प्रतियोगितामा अादर्श सामुदायिक बिधा मन्दिरकि तुल्छा बम प्रथम, महुन्याल माध्यमिक बिधालय बास्काेटिका बसन्त राज जैशिले द्धितिय र जगत तारा ईङ्गलिस बाेर्डिङ्ग स्कुलकि सुमन भट्ट तृतीय स्थान ल्याउन सफल भएकी छ्न।
बिजयि बिधार्थिलाई समापनका अवसरमा पुरस्कार प्रदान गरिने संयाेजक शाहीले बताए।
यस्तै साउन २८ गते दाेस्राे दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम काे अायाेजना गरिने र साे कार्यक्रम काे संयाेजकमा उपाध्यक्ष कृष्ण प्रसाद अाेझा(पदम) रहेकाे जानकारी साखा अध्यक्ष धिरज शाहीले बताए ।
समापन कार्यक्रम भदौ ४ गते हुनेछ । शाखाका कार्यकारिणी उपाध्यक्ष केशव शाहीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम काे सञ्चालन महासचिव मिलन अाेलिले गरेका गर्नुभएको थियोे ।











