बाैनिया जेसीजकाे सप्ताहव्यापि कार्यक्रम श्रावण २७ बाट सुरु हुदै ,यस्तो छ कार्यक्रमको तालिका ….

कैलाली- बाैनिया जेसीजले बर्ष २०१९ काे सप्ताहव्यापि कार्यक्रम श्रावण २७ बाट मनाउने भएको छ।बुधबार जेसीज सचिवालय तेस्रो बाेर्ड बैठकले बार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम श्रावण २७ बाट मनाउने निर्णय गरेकाे अध्यक्ष धिरज शाहीले बताउनुभयो।
प्रत्येक जेसीज शाखाले अाफ्नाे बार्षिक कार्यक्रम
अन्तर्गत सप्ताह व्यापी कार्यक्रम मनाउने गर्दछ उनले भने साथै जेसीज सप्ताहलाई बिशेष उत्सवकाे रुपमा मनाउने गरिन्छ ।

जेसीज सप्ताहव्यापि कार्यक्रम अन्तरगत साउन २७ गते उद्घाटन संगै युवा दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता काे अायाेजना गरिने भएको हो। जसकाे जिम्मेवारी उपाध्यक्ष चक्र शाहीलाई दिइएको छ। साउन २८ गते दाेस्राे दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रमकाे अायाेजना गरिने छ,त्यसको संयाेजक उपाध्यक्ष कृष्ण अाेझालाई तोकिएको छ।३० गते तेस्रो कार्यक्रम बर्दगाेरिया धार्मिक क्षेत्रमा बृक्षाराेपण कार्यक्रम हुनेछ जसको जिम्मेवारी कार्यकारिणी उपाध्यक्ष ईन्द्रराज खतिवडालाई दिईएको छ ।

भदौ १ गतेकाे चाैथाे कार्यक्रम बालकन्य अाधारभुत बिधालय कट्टिपुरका बिधार्थिहरुका लागि दन्त शिविर संचालन गरिनेछ जसको संयाेजकमा कार्यकारिणी उपाध्यक्ष केशव शाहीलाई तोकिएको छ।पाचौं कार्यक्रम अन्तर्गत भदौ २ गते सहारा घरलाई सहयाेग हस्तान्तरण कार्यक्रम रहेको र जसको व्यबस्थापनको लागि उपाध्यक्ष सुनिल भण्डारीलाई जिम्मेवारी दिईएको छ।
भदौ ३ गते हुने छैटाे कार्यक्रम अन्तर्गत लागुपदार्थ दुर्ब्यसनि निवाकरण बिषयक अन्तरक्रिया कार्यक्रम हुनेछ जसको संयाेजकमा कानुनि सल्लाहकार राजेन्द्र रावललाई तोकिएको छ।

बौनिया जेसिजले भदौ ४ गते सप्ताहकाे समापन संगै बर्दगाेरिया गाउपालिकाकाे पुर्व सिमानामा बाेर्ड स्थापना गर्ने कार्यक्रम रहेकाे र साे कार्यक्रम काे संयाेजककाे जिम्मेवारी उपाध्यक्ष गाेविन्द बि.सीलाई दिईएको छ।
साेहि बाेर्ड बैठकले आगामी असाेज २ र ३ गते अत्तरिया जेसीजकाे अाथित्यतामा अायाेजना हुन गैरहेकाे क्षेत्र (घ) सम्मेलनमा बाैनिया जेसीजका पदाधिकारीहरुका साथै सदस्य र पुर्व अध्यक्षहरुले सहभागिता जनाउने निर्णय समेत गरेकाे छ।