फोटोमा जिस्म-२ की नायिका रेजिना भण्डारी
काठमाडौं – अभिनेत्री रेजिना भण्डारी अहिले चलचित्र जिस्म २ को प्रमोसन र म्युजिक भिडियोको काममा व्यस्त छिन् । लभस्टोरी चलचित्र जिस्म २ परिवार बसेर हेर्न मिल्ने खालको रहेको उनी बताउँछिन् । यस चलचित्रमा भण्डारीका साथै नमिता खड्का, रमेश विश्वकर्मा, शारदा गिरि, सुरवीर पण्डितलगायतको अभिनय छ ।

उनले हालसम्म तीन वटा फिल्म र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । सानैदेखिको रहरले गर्दा कलाकारिता क्षेत्रमा लागेको उनी बताउँछिन् । कलाकारितामा छुट्टै पहिचान बनाउने लक्ष्य उनको छ ।











